- याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर निष्कासनको बाँडफाँड सम्पन्न भएको छ ।
काठमाण्डौ, ३० वैशाख । याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर निष्कासनको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा बुधबार आइपिओ बाँडफाँड गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म १७ लाख ४३ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।
कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ । कुल जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो । बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो । सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको थियो । त्यस्तै २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।
यस निष्कासनमा २९ लाख ३८ हजार ८२ योग्य आवेदनबाट ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । यस्तै ४४ हजार ४१६ वटा आवेदन भने रद्द भएका छन् ।
बाँडफाँड परिणामअनुसार गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जना लगानीकर्ताले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पश्चिमी तथा मध्य तराईमा आजपनि अत्यधिक गर्मी, बाँकेको बैजापुरमा ४०.१ डिग्री तापक्रम
-
केप भर्डेको विश्वकपमा ऐतिहासिक यात्रा, अब अर्जेन्टिनाविरुद्ध नयाँ परीक्षा
-
कति स्थानीय तहले ल्याए बजेट ?
-
नर्वेविरुद्ध डेम्बेलेको ह्याट्रिक, सेनेगलको नकआउटको सम्भावना बलियो
-
भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२० पुग्यो
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।