ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति मन्त्री श्रेष्ठलाई बुझाइयो
१० बैसाख, २०८३, बिहिवार
- मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त रणनीति बिहीबार प्रस्तुत गरिएको हो । मन्त्रिपरिषद्को शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार ऊर्जा खपत र निर्यातलाई व्यवस्थित गर्न यो अध्ययन अघि बढाइएको थियो ।
काठमाडौँ: ऊर्जा खपत वृद्धि र विद्युत् निर्यातलाई प्राथमिकता दिने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ ।
मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त रणनीति बिहीबार प्रस्तुत गरिएको हो । मन्त्रिपरिषद्को शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार ऊर्जा खपत र निर्यातलाई व्यवस्थित गर्न यो अध्ययन अघि बढाइएको थियो ।
रणनीतिमा देशभित्र विद्युत् खपत उल्लेख्य रूपमा बढाउने र बाँकी रहेको विद्युत् निर्यात गर्ने दीर्घकालीन योजना समेटिएको छ । सबै घरधुरीमा विद्युतीकरण सुनिश्चित गर्दै प्रसारण र वितरण प्रणाली सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।
घरेलु विद्युतीय उपकरणको प्रयोग बढाउने, मिटर तथा ट्रान्सफर्मरको क्षमता सुधार गर्ने र एलपी ग्यासको प्रयोग क्रमशः घटाउने लक्ष्य राखिएको छ । हाल करिब ४५० किलोवाट घण्टा रहेको प्रतिव्यक्ति ऊर्जा खपत आगामी १० वर्षभित्र १५०० किलोवाट घण्टासम्म पुर्याउने योजना रहेको छ ।
सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्राथमिकता दिने र चार्जिङ स्टेशन विस्तार गर्ने प्रस्ताव गरिएको छ । उद्योगमा प्रयोग हुने कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणालीले प्रतिस्थापन गर्ने नीति पनि अघि सारिएको छ ।
ऊर्जा उपयोग बढाउन उपभोक्ता मैत्री मौसमी महसुल दर लागू गर्ने योजना पनि समेटिएको छ, जसले व्यापार घाटा घटाउन र विदेशी मुद्रा सञ्चिति बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
उत्पादनतर्फ जलाशययुक्त जलविद्युत आयोजनाको हिस्सा बढाएर वर्षा र सुक्खा मौसमबीचको असन्तुलन घटाउने लक्ष्य लिइएको छ । साथै, अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत निर्यात विस्तार गर्ने र साँझको उच्च मागका समयमा निर्यात बढाएर आर्थिक लाभ लिने रणनीति तय गरिएको छ । आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखिएको छ ।
रणनीतिले सम्भावित जोखिम पहिचान गरी समाधानका उपायसमेत प्रस्ताव गरेको छ । साथै, विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने र नेपाल विद्युत प्राधिकरणमा संरचनात्मक सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन व्यवस्था अपनाइने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ । समितिमा विभिन्न निकायका उच्च अधिकारीहरू सहभागी थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वीरगञ्जका नगरप्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्धा दायर
-
गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा
-
इरानसँग पुनः द्वन्द्व चर्किदा नेतान्याहूलाई राजनीतिक रुपमा फाइदा भएको विश्लेषण
-
डा. डिल्लीरमण रेग्मी पुरस्कार वरिष्ठ चिकित्सक डा. दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पोखरेललाई संयुक्त रूपमा प्रदान
-
विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन
धेरै पढिएको
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।