नेप्सेमा १५.४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार
१७ भाद्र, २०८३, बुधवार
- आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५.८१ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५.८१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सानिमा मिडल तमोर हाइड्रोको १४ करोड १७ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’