बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशन

१७ भाद्र, २०८३, बुधवार
सारांश
  • राष्ट्र बैंकले बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।

काठमाडौं: नेपाल राष्ट्र बैंकले भोटेकोसी नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । 

 

राष्ट्र बैंकले बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकले भनेको छ- हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग/सहजीकरण गर्ने व्यवस्था मिलाउनूहुन् यो सूचना जारी गरिएको छ ।' 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार