नेप्सेमा आज सामान्य वृद्धि, १५ अर्ब ७५ करोडको कारोबार

९ चैत्र, २०८२, सोमवार
सारांश
  • आज ३४२ कम्पनिका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १५ अर्ब ७५ करोड ६३ लाख १३ हजार ४४० मा कारोबार भएको थियो ।  आज बैंकिंग, विकास बैंक, होटल्स, जीवन बीमा, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ५. ०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४२ कम्पनिका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १५ अर्ब ७५ करोड ६३ लाख १३ हजार ४४० मा कारोबार भएको थियो ।  आज बैंकिंग, विकास बैंक, होटल्स, जीवन बीमा, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना इन्जिनियरिङहाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको शेयर ३.७१ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ६७ करोड २३ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ६० करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार