रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड आज

२०८२ फाल्गुण १४ विहीवार
सारांश
  • कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड आज बिहान ९ बजे हुने भएको हो ।

काठमाण्डौ, १४ फाल्गुण । रिज लाइन इनर्जी लिमिटेडले आइपिओ आज बाँडफाँड हुदैछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड आज बिहान ९ बजे हुने भएको हो ।  

 

कम्पनिको माघ २८ गतेदेखि फागुन ४ गतेसम्म खुलेको आइपिओमा २६ लाख ६२ हजार ७९३ लगानीकर्ताले आवेदन दिएका छन् ।  

 

यस आइपिओमा आवेदन दिएका एक लाख १८ हजार २६ लगानीकर्ताले १०-१० कित्ता शेयर पाउने छन् ।  

 

कम्पनीले ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन मागेको थियो ।

 

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ ।

 

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयरएनपी डबल बी इस्युर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार