नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
२०८२ फाल्गुण ०४ सोमवार
- बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा राख्न लागेको हो ।
काठमाण्डौ, ०४ फाल्गुण । नेपाल राष्ट्र बैंक ले ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा राख्न लागेको हो ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको जनाएको छ । आवेदन दिन चाहने संस्थाहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म निवेदन पेश गर्न सक्नेछन् । राष्ट्र बैंकले लगानी रकममध्ये वाणिज्य बैंकहरूका लागि ७ अर्ब ४८ करोड रुपैयाँ छुट्याएको छ । यस्तै विकास बैंकहरूका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ तथा राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त निक्षेप प्राप्त गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि राष्ट्र बैंकले विभिन्न योग्यता र शर्त तोकेको छ । कुल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) भएका संस्थाहरू अयोग्य ठहरिनेछन् । त्यस्तै, सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्ने र राष्ट्र बैंकले निर्धारण गरेको खुद तरल सम्पत्ति अनुपात कायम गरेको हुनुपर्ने शर्त राखिएको छ ।
साथै कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको, पछिल्लो आर्थिक वर्षको नाफा तथा नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने उल्लेख गरिएको छ । शिघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाको हकमा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, वा घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने शर्त पनि तोकिएको छ ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने प्रावधान समेत राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकको उक्त निर्णयले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनसँगै कोषको प्रभावकारी उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’