भाटभटेनी तंग्रिँदै, कोटेश्वर शाखामा विशेष पूजासहित पुन: सुरुवात
२०८२ माघ २० मङ्गलवार
- भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आन्दोलनका कारण कुल १० अर्ब ८५ करोड बराबरको क्षति भएको विवरण पेस गरेका थिए।
काठमाडौँ: देशभर आफ्नो व्यापारिक सञ्जाल विस्तार गरेको नेपालको ठुलो रिटेल चेन भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखा आजदेखि पुन: सञ्चालनमा आएको छ। गत भदौमा भएको 'जेनजी' आन्दोलनका क्रममा क्षति पुगेको यस स्टोरलाई मर्मतसम्भार र पुनर्निर्माणपछि नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको हो।
बुधबार बिहान कोटेश्वर शाखामा आयोजित एक विशेष समारोहका बीच भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको उपस्थितिमा श्रीमद्भागवत पाठपारायण एवं लक्षवर्ती (एक लाख बत्ती) प्रज्वलन गरी स्टोरको पुन: उद्घाटन गरियो।
भाटभटेनीले यो पुन: सुरुवातलाई 'ताजा सुरुवात र बलियो संकल्प' को रूपमा व्याख्या गरेको छ। भाटभटेनीले आफ्नो सामाजिक संजालमा लेखेको छ, "कोटेश्वर भाटभटेनी ताजा सुरुवात र बलियो भावनाका साथ फेरि उठिरहेको छ। यो पूजा केवल एक अनुष्ठान मात्र नभई एकता, साहस र सँगै अगाडि बढ्ने एउटा सम्झना हो।"
देशभर चेन निर्माण गरेर व्यापारमा विविधीकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि गत भदौ महिनामा भएको आन्दोलनका क्रममा ठुलो भौतिक आक्रमण भएको थियो। सो क्रममा भाटभटेनीका १२ वटा स्टोर पूर्ण रूपमा जलाइएको थियो भने ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आन्दोलनका कारण कुल १० अर्ब ८५ करोड बराबरको क्षति भएको विवरण पेस गरेका थिए।
आफ्ना व्यापारिक प्रतिष्ठानहरूमा भएको ठुलो क्षतिका बाबजुद भाटभटेनीले आफ्ना संरचनाहरूलाई पुन: सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिएको छ। सोही अभियान अन्तर्गत आज कोटेश्वर शाखा सञ्चालनमा आएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।