भारतको बजेट २०२६: नेपाललाई ८ सय करोड भारु अनुदान दिने

२०८२ माघ १८ आइतवार
सारांश
  • यो अनुदान रकम गत आर्थिक वर्षको सुरुवाती विनियोजन बराबर नै हो। गत वर्ष पनि भारतले नेपाललाई ८ सय करोड भारु नै छुट्याएको थियो, जसलाई पछि संशोधन गरेर ८ सय ३० करोड पुर्‍याइएको थियो।

काठमाडौँ: भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संघीय संसद्‌मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपालका लागि उक्त रकम विनियोजन गरिएको हो।

 

यो अनुदान रकम गत आर्थिक वर्षको सुरुवाती विनियोजन बराबर नै हो। गत वर्ष पनि भारतले नेपाललाई ८ सय करोड भारु नै छुट्याएको थियो, जसलाई पछि संशोधन गरेर ८ सय ३० करोड पुर्‍याइएको थियो।

 

भारतले आफ्ना छिमेकी मुलुकहरूमध्ये सबैभन्दा बढी अनुदान भुटानलाई दिने भएको छ। भुटानका लागि यसपटक २ हजार २ सय ८८ करोड भारु विनियोजन गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो। अन्य छिमेकी देशहरूमा माल्दिभ्सलाई ५ सय ५० करोड, श्रीलंकालाई ४ सय करोड र म्यानमारलाई ३ सय करोड भारु अनुदान दिइने बजेटमा उल्लेख छ। यस्तै, बंगलादेशलाई ६० करोड र अफगानिस्तानलाई १ सय ५० करोड भारु दिने भारतको योजना छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार