- मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति रोकिएको थियो ।
काठमाडौं: सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको जानकारी दिएको हो ।
मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति रोकिएको थियो ।
यस्तै नेपालीको अर्को श्रम गन्तव्य देश इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषदको २०८२ पुस ११ गतेको निर्णय वमोजिम श्रम स्वीकृति प्रदान हुने पनि विभागले जनाएको छ । यसअघि साउदी अरेबिया, युएइ, कतार, ओमान, यम, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुचारु गरिसकिएको विभागले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।