- २०८१/८२ को चौथो त्रैमासमा मात्रै १ लाख १४ हजार ७६९ वटा राजीनामा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो ।
काठमाडौं: पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासदेखि २०८१/८२ को चौथो त्रैमाससम्मको तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा कुल कारोबार संख्या ०.४५६ मिलियन (करिब ४ लाख ५६ हजार) पुगेको छ, जुन यो अवधिभरकै सबैभन्दा उच्च हो । यसले विगतको मन्दीबाट घरजग्गा क्षेत्र क्रमशः तंग्रिदै गएको संकेत गर्दछ । घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ । मनसुनका कारण प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार संख्या घट्ने गरेको पाइएको छ । तर, दोस्रो त्रैमासपछि बढ्न सुरु गर्ने कारोबार संख्या तेस्रो र चौथो त्रैमासमा पुग्दा उच्च विन्दुमा पुग्ने गरेको छ ।
विशेषगरी राजीनामा (लिखत पास) तर्फको कारोबारलाई हेर्दा, पछिल्लो १२ त्रैमासमा यसको संख्या बढ्दो क्रममा छ । पछिल्लो तीन आर्थिक वर्षमा औसतमा प्रति त्रैमास ८७ हजार ३५४ वटा राजीनामा कारोबार भएका छन् । २०८१/८२ को चौथो त्रैमासमा मात्रै १ लाख १४ हजार ७६९ वटा राजीनामा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो ।
त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१/८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो ।
आर्थिक वर्ष २०७९÷८० र २०८०/८१ मा तेस्रो त्रैमासमा उच्च वृद्धि देखिएपनि २०८१÷८२ मा भने चौथो त्रैमासमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ । मौसमी प्रभावका कारण बजारको वास्तविक अवस्था बुझ्न वार्षिक तुलनालाई उपयुक्त मानिन्छ । वार्षिक आधारमा विश्लेषण गर्दा राजीनामा कारोबारको प्रवृत्ति केही घट्दो क्रममा देखिए पनि २०८१/८२ को चौथो त्रैमासमा आएको सुधार (च्भदयगलम) ले बजारमा नयाँ उत्साह थपेको छ ।
घरजग्गा कारोबारमा आएको यो बढोत्तरीले समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कारोबार संख्याका साथै जग्गाको क्षेत्रफल र घोषित मूल्यका आधारमा पनि बजार विस्तारै चलायमान हुँदै गएको अध्ययनले देखाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।