समस्याग्रस्त अम्बे कोशी सहकारीले थाल्यो साना बचतकर्ताको रकम फिर्ता
२०८२ चैत्र ३० सोमवार
- समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार साना बचतकर्तालाई प्राथमिकता दिँदै यो प्रक्रिया सुरु गरिएको हो।
विराटनगर: इटहरीस्थित समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकारद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका २८७ जना सदस्यहरूको कुल २८ लाख ५७ हजार रुपैयाँ उनीहरूको बैंक खातामा पठाएको छ।
समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार साना बचतकर्तालाई प्राथमिकता दिँदै यो प्रक्रिया सुरु गरिएको हो। हालसम्म समितिले ऋणीहरूबाट १ करोड ८७ लाख रुपैयाँ असुल गरिसकेको छ। सहकारीले कुल ४२ करोड ६० लाख रुपैयाँ ऋण असुली गर्न बाँकी छ भने २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि निवेदन परेको छ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा बचत फिर्ता हुनु सकारात्मक कदम भएको र यो नेपालमै पहिलो प्रयास भएको दाबी गरे। समितिका सदस्य जीवन काफ्लेका अनुसार अब छिट्टै १ लाख रुपैयाँसम्म बचत भएका सदस्यहरूको रकम फिर्ता गर्ने तयारी भइरहेको छ। ऋण असुलीबाट अपुग भएमा सहकारी र सञ्चालकहरूको सम्पत्ति लिलाम गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने समितिले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।