ऊर्जा क्षेत्रका मुद्दा उठाउन भरत पराजुली चुनावी मैदानमा, इप्पानको नैतिक समर्थन
२०८२ माघ १३ मङ्गलवार
- सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पराजुलीले मंगलबार इप्पानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भरत पराजुलीले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि आफू संसदीय निर्वाचनमा होमिएको बताएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पराजुलीले मंगलबार इप्पानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।
पराजुलीले नेपालको समृद्धिको आधार मानिएको ऊर्जा क्षेत्र चौतर्फी आक्रमणमा परेको भन्दै संसदमा यसको समाधानका लागि बहस पैरवी गर्ने प्रतिबद्धता जनाए । विगतमा १३ वटा ठूला उद्योगको लाइन काटिँदा ४० हजारको रोजगारी प्रभावित भएको र ५०० मेगावाट विद्युत् खेर गएको स्मरण गराउँदै उनले भने, "म १३ लाख उद्योग स्थापना हुने वातावरण बनाउन र लाखौँ नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन राजनीतिमा आएको हुँ । राजनीतिमा देखिएको फोहोर सफा गर्न म आफैँ मैदानमा उत्रिएको छु ।"
पराजुलीको उम्मेदवारीलाई इप्पानले समेत नैतिक समर्थन गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरू संसदमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै पराजुलीलाई सहयोग गर्ने बताए । यस्तै, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी र महासचिव बलराम खतिवडाले पनि ऊर्जा उद्यमीहरू प्रत्यक्ष राजनीतिमा आएर नीतिगत तहमा हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।