राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने
२०८२ पुष १६ बुधवार
- यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया मार्फत लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको हो ।
यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो । सूचना अनुसार ऋणपत्रको बोलकबोल २०८२ पुस १६ गते अर्थात आज मध्यान्ह १२ बजे अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । ऋणपत्रको निष्कासन पनि सोही दिन हुने जनाइएको छ ।
यस ऋणपत्रको अवधि एक वर्षको हुनेछ भने सावाँ भुक्तानी २०८३ पुस १६ गते गरिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँकै गुणकमा रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ । कुल आह्वान गरिएको रकमसम्म लगानी गर्न सकिनेछ ।
यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । साथै, राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा प्रस्ताव गर्दा इच्छाएको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मिलाइनेछ । समान ब्याजदरमा बढी माग परेमा प्रो–राटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।
स्वीकृत बोलकबोल रकम निष्कासन मितिमा सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ । खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई जरिवाना सहित खुला बजार कारोबार तथा बोलकबोल प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइने व्यवस्था पनि गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र लगानी पोर्टफोलियोअन्तर्गत पर्ने भएकाले अनिवार्य नगद मौज्दातमा गणना गरिने छैन । तर, वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।
ऋणपत्र परिपक्वता मिति अघि फिर्ता नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । यससम्बन्धी अन्य प्रक्रिया प्रचलित ऐन, नियम र व्यवस्थाअनुसार हुने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।