- आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा कारोबार भएको थियो ।
काठमाडौँ : नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज मुक्तिनाथ कृषि कम्पनिको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको शेयर ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको शेयरको ३७ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’