नेप्सेमा २२.५८ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

२०८२ असोज २९ बुधवार
सारांश
  • आज ३१८ कम्पनिका ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

काठमाडौँ : नेप्सेमा आजपनि गिरावट आएको छ । बुधबार नेप्से २२.५८ अंकले घटेर २५५०५.५८   विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३१८ कम्पनिका ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।  

 

आज समता घरेलु लघुवित्तको शेयरमा सबैभन्दा बढी ६.९३ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २० करोड ५४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार