व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखौँ - नाडा अटोमोबाइल्स
२०८२ भाद्र ३० सोमवार
- नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको बताउँदै नाडाले कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता जनाएको छ ।
काठमाडौँ, ३० भाद्र । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै नाडाले हालै देशव्यापी आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पारेको उल्लेख गर्दै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको छ ।
नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
विज्ञप्तिमा हालको परिस्थितिले उपभोक्ता विश्वासमा नकारात्मक असर पुऱ्याएको र दीर्घकालीन रुपमा लगानी तथा रोजगारीमा चुनौती थपिएको उल्लेख छ। शान्तिपूर्ण संवाद र सहमतिको बाटोमार्फत हरेक कठिनाइ समाधान गर्न सकिने विश्वास पनि नाडाले व्यक्त गरेको छ ।
नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको बताउँदै नाडाले कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता जनाएको छ ।
सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै नाडाले एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक चाँडै स्थायित्वतर्फ अघि बढ्ने विश्वास लिएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।