- कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।
काठमाण्डौ: झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।
यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।
आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । जसले उच्च जोखिम संकेत गर्दछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’