- नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ । यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ । यस अघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको थियो ।
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ ।
नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ । यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ । यस अघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ७.८६ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.८२ अंकले बढेको छ ।
यस दिन १० प्रतिशत केबिएल डिबेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको मूल्य यस दिन प्रतिकित्ता १२८.४३ रुपैयाँले बढेर १४१२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन थ्रि स्टार हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६.५० रुपैयाँले बढेर ७३१.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५.३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।