मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

२०८२ असार २९ आईतवार
सारांश
  • आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केहि घटेको हो । यद्यपी, अघिल्लो कारोबारको तुलनामा सबै परिसुचकहरु बढेरै कारोबार भइरहका छन् ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।


आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केहि घटेको हो । यद्यपी, अघिल्लो कारोबारको तुलनामा सबै परिसुचकहरु बढेरै कारोबार भइरहका छन् ।


यसबेला सम्म कुल ३ अर्ब ६७ करोड २ लाख ३६ हजार रुपैयाँको ८४ लाख ७९ हजार ८५४ कित्ता शेयर किनबेच भएको छ ।


मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार