सर्वसाधारणमा थप आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी
२०८२ असार १७ मंगलवार
- कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं : हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा थप आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड़ ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरेको हो ।
कम्पनीले कर्मचारीहरुका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्न लागेको हो । थप सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कितादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओ निष्काशन अवधि छिटोमा असार २७ गतेसम्म तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म निष्कासन लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि खुला रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’