बलिवुडमा २५ वर्षपछि आमिर खान र आशुतोष गोवारिकरको सहकार्य
२८ आषाढ़, २०८३, आइतवार
- यसअघि सन् २०१९ मै ललकारा निर्माण गर्ने तयारी भएको र त्यसबेला राजकुमार हिरानीलाई निर्देशनको प्रस्ताव गरिएको थियो । मुख्य भूमिकाका लागि अभिनेता शाहरुख खानको नामसमेत प्रारम्भिक छलफलमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
काठमाडौँ: अभिनेता आमिर खान र निर्देशक आशुतोष गोवारिकर २५ वर्षपछि फेरि एउटै चलचित्रमा सहकार्य गर्ने भएका छन् । चर्चित चलचित्र लगान प्रदर्शन भएको २५ वर्ष पूरा भएको अवसरमा नयाँ परियोजनाको तयारी अघि बढाइएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ चलचित्रको नाम ललकारा राखिएको छ । यो कुनै व्यक्तिको जीवनीमा आधारित नभई सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट क्रिकेट शृङ्खलाबाट प्रेरित कथा हुनेछ ।
चलचित्रको कथा दंगलका लेखक पियुष गुप्ता र निल बट्टे सन्नाटाका लेखक नीरज सिंहले तयार पारेका हुन् । चलचित्रमा खेलकुदसँगै प्रतिस्पर्धा, मित्रता, विभाजन र राष्ट्रप्रेमका विषयलाई प्रस्तुत गरिने बताइएको छ ।
यो चलचित्र फरहान अख्तर र रितेश सिधवानीको निर्माण कम्पनीले निर्माण गर्नेछ । निर्देशक राजकुमार हिरानी पनि यस परियोजनामा निर्माता रूपमा जोडिएका छन् ।
आमिर खानले यसअघि फरहान अख्तरसँग दिल चाहता है र राजकुमार हिरानीसँग थ्री इडियट्स तथा पीके जस्ता सफल चलचित्रमा काम गरिसकेका छन् ।
यसअघि सन् २०१९ मै ललकारा निर्माण गर्ने तयारी भएको र त्यसबेला राजकुमार हिरानीलाई निर्देशनको प्रस्ताव गरिएको थियो । मुख्य भूमिकाका लागि अभिनेता शाहरुख खानको नामसमेत प्रारम्भिक छलफलमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उता, आमिर खान थ्री इडियट्सको सिक्वेलमा पनि अभिनय गर्ने तयारीमा छन् । तर त्यस चलचित्रको कथा लेख्ने काम अझै जारी रहेकाले उनले पहिले ललकाराको काम अघि बढाउने निर्णय गरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
-
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्यो
-
पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह
-
सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।