बलिवुड सेलिब्रेटी कुमार सानु पनि गए अदालत

२०८२ असोज २६ आइतवार
सारांश
  • पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासपछि सेलिब्रेटीहरुले आफ्नो पहिचान, आवाज र छबीको दुरुपयोग बढेपछि अदालत जाने क्रम बढेको छ ।

एजेन्सी, २६ असोज । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासपछि सेलिब्रेटीहरुले आफ्नो पहिचान, आवाज र छबीको दुरुपयोग बढेपछि अदालत जाने क्रम बढेको छ । 

 

खासगरी बलिवुडका सेलिब्रेटीहरुले अदालतबाट आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गर्न शुरु गरेका छन् । बलिवुडका महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य राय बच्चन, आशा भोस्ले, सुनिल सेठ्ठी यस अघि नै अदालत गएर आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गरेका छन् ।

 

पछिल्लो पटक बलिउडका वरिष्ठ गायक कुमार सानुले आफ्नो पहिचान, आवाज र गायन शैलीको दुरुपयोगविरुद्ध अदालत गएका छन् । उनले आफ्नो व्यक्तित्व र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । उनले आफ्नो आवाज, गायन शैली, हस्ताक्षर, तस्बिरहरू र अनुहारको पनि एआई मार्फत नक्कल र दुरुपयोग भइरहेको दाबी गर्दै यसलाई रोक लगाउन अदालतमा निवेदन दिएका छन् ।

 

कुमार सानुले आफ्नो निवेदनमा सामाजिक सञ्जालमा धेरै मानिसहरूले एआई प्रयोग गरेर उनको आवाज क्लोन गरिरहेको बताएका छन् । केही भिडियोहरू र अडियो क्लिपहरूले उनको आवाज, शैली र व्यवहारको नक्कल गरेको र मजाक वा मीममा परिणत भइरहेका छन् । उनले यसले उनको छवि बिगारिरहेको छ र उनको कलाको व्यापारीकरण गरिरहेको दाबि गरेका छन् ।

 

सानुले यी नक्कली भिडियोहरूले फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा राजस्व उत्पन्न गरिरहे, भिडियोहरूले उनलाई अश्लील हास्यको बटको रूपमा चित्रण गरको, जुन उनको कडा परिश्रम र प्रतिष्ठामा आक्रमण भएको उल्लेख गरेका छन् ।

 

सानुले अदालतलाई तेस्रो पक्षलाई आफ्नो नाम, आवाज वा छविको अनधिकृत व्यावसायिक प्रयोगबाट रोक्न र उनको नैतिक अधिकार उल्लङ्घन गर्ने कुनै पनि सामग्री तुरुन्तै हटाउन आदेश दिन माग गरेका छन् । साथै उनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत, एक कलाकारको आफ्नो प्रदर्शनमाथि नैतिक अधिकार हुन्छ, र जब उनको कामलाई गलत वा अनुपयुक्त तरिकाले चित्रण गरिन्छ तब यी अधिकारहरू उल्लङ्घन हुन्छन् । सानुको निवेदनको सुनुवाई अक्टोबर १३ मा हुने बताइएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार