बलिवुड चलचित्र वार-२ र कुलीले ११ दिनमा कति-कति कमाए ?
२०८२ भाद्र ०९ सोमवार
- ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएका थिए ।
एजेन्सी, ९ भाद्र । बलिवुडमा हाल दुई ठुला बजेटका फिल्म प्रदर्शनमा रहेका छन् ।
ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएका थिए ।
रिलिजको ११ दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा २५६.७५ करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो । त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो भने चौथो दिन ३५.२५ करोड, पाँचौं दिन १२ करोड र छैटौं दिन ९.५० करोड कमाई गरेको छ । त्यस्तै सातौं दिन फिल्मले ७.५ करोड र आठौं दिन विहिबार ६.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ५.८५ करोड, दशौँ दिन १०.५ करोड र ११औं दिन १०.७५ करोड कमाई गरेको छ ।
त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले ११ दिनमा २२१ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको थियो भने चौथो दिन ३२. ६५ करोड, पाँचौं दिन ८.७५ करोड र छैटौं दिन ८.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले सातौं दिन ५.७५ करोड र आठौं दिन ५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ४ करोड, दशौँ दिन ६.२५ करोड र एघारौँ दिन ६.५० करोड कमाई गरेको छ ।
सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।
कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार-२ को लागत पनि चार सय करोड रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’