क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

२६ आषाढ़, २०८२, बिहिवार
सारांश
  • उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहने निर्देशक खनालले जानकारी दिए

काठमाडौँ, २६ असार : क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ ।

 

आज यहाँ आयोजित एक कार्यक्रमबीच सो चलचित्र निर्माण गर्न लागिएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए । क्याप्टेन थापाको जीवनको उतारचढावलाई चलचित्र मार्फत प्रस्तुत गरिने निर्देशक खनालले बताए ।

 

उनले भने , “नियमित बनिरहेका भन्दा फरक शैलीको चलचित्र दर्शकमाझ ल्याउने कोसिस गर्दैछौँ । आकाशमा भोग्ने चुनौती, यात्राको भोगाइ र व्यावसायिक जीवनलाई समेटेर चलचित्रलाई रोचक बनाउने प्रयास रहनेछ ।”

 

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहनेछ। आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौँ, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायाङ्कन गरिने जानकारी दिए का छन् ।

 

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम ‘इन्स्ट्रक्टर’ क्याप्टेन थापाको युद्धस्थलका उद्धार, भोगाइ एवं अनुभूतिमा अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार