पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को कभर सार्वजनिक
२०८१ फागुन ३ गते शनिवार
- पुस्तकमा लोकेन्द्रबहादुर चन्दले भोगेको, देखेको जीवनको बारेमा बताइएको छ ।
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा मदन पुरस्कार प्राप्त साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित आत्मकथा लोकेन्द्रबहादुर चन्द पुस्तकको कभर सार्वजनिक भएको छ ।
शनिबार ८६ वर्ष प्रवेशको अवसर पारेर उनले लेखेको कुञ्जद्वारा प्रकाशित आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ पुस्तकको कभर सार्वजनिक भएको हो ।
पुस्तक आउँदो २०८२ साल जेठ महिनाभित्र प्रकाशित हुने पनि जानकारी गराइएको छ । पुस्तकमा लोकेन्द्रबहादुर चन्दले भोगेको, देखेको जीवनको बारेमा बताइएको छ ।
उनी कसरी पश्चिम पहाडको बैतडीबाट जीवन प्रारम्भ गरेर नेपालमा चार पटक प्रधानमन्त्री बन्न सफल भए ? प्रधानमन्त्री हुँदाका बखत के के कार्यहरू भए ? त्यसअघि उनको जीवनमा के के घटना भए ? कसरी राजनीतिमा लाग्दालाग्दै साहित्य कोर्न सफल भए ? मदन पुरस्कार प्राप्त लेखक कसरी बने ? उनको जीवनमा कस्ता कस्ता मोडहरू आए ? विषम परिस्थिति आउँदा उनले कसरी त्यसलाई व्यवस्थापन गरे ? जीवनभर इमान्दार बनेर पनि काम गर्न कसरी सकिन्छ ? जस्ता कुरा किताबभित्र रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’