- म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
म्याग्दी, १४ भाद्र । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेका हुन् । परम्परागत जौँ, उवा, कोदो र फापरको पिठोबाट बिस्कुट बनाउने उद्योगको परिक्षण सफल भएको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।
“गाउँपालिकाले उपलब्ध गराएको उपकरण जडान गरेर परिक्षणका लागि कोदोको बिस्कुट उत्पादन भएको छ,” उनले भने, “अर्को चरणमा फापर, जौ र उवाको पनि बिस्कुट बनाउने तयारी छ ।” कोदो, फापर, जौ र उवा पिस्ने मिल, प्रसोधन र पिठो पकाएर बिस्कुट बनाउने उपकरण ल्याएर जडान गरिएको छ ।
समुन्द्रि सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको टोड्केबाट सुर्योदय, पहाडी भूगोल, धौलागिरी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भिम शेरचनले उद्योगले स्थानीय किसानले उत्पादन गरेको रैथाने बालीको खपतका साथै टोड्केको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने बताए ।
लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारको रु ७५ लाख र रघुगङ्गा गाउँपालिकाको रु २५ लाख बजेटबाट झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सञ्चालन भएको थियो । परियोजनामार्फत ३०० रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको छ ।
७५ प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन, थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन, २० एम एमको चार हजार ३६४ मिटर, २५ एम एमको एक हजार ५००, ३२ एम एमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण भएको छ ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ, कोदो, फापर र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रविधिसम्बन्धी तालिमसमेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।