अध्ययन भन्छ- एक्लोपनमा एआई च्याटबोट सहयोगी बन्न सक्छ, तर मानवीय सम्बन्धको विकल्प हुँदैन !
२०८३ अषाढ़ २९ सोमवार
- येल विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक एमेरिटस पल ब्लुमले च्याटबटहरू एक्लोपनको पीडा कम गर्न उपयोगी हुन सक्ने बताए ।
काठमाण्डौ, २९ अषाढ़ । कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली (च्याटबोट) हरूले एक्लोपनसँग संघर्ष गरिरहेका मानिसलाई भावनात्मक रूपमा सहयोग गर्न सक्ने भए पनि त्यसले वास्तविक मानवीय सम्बन्धको स्थान लिन नसक्ने विज्ञहरूले बताएका छन् ।
येल विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक एमेरिटस पल ब्लुमले च्याटबटहरू एक्लोपनको पीडा कम गर्न उपयोगी हुन सक्ने बताए । उनका अनुसार यदि यस्ता प्रणालीले मानिसको एक्लोपन घटाउन र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सके भने त्यो महत्वपूर्ण उपलब्धि हुनेछ ।
अमेरिकी मनोवैज्ञानिक सङ्घले हालै सार्वजनिक गरेको सर्वेक्षणअनुसार ५४ प्रतिशत उत्तरदाताले आफूले बेला बेलामा वा प्रायः एक्लोपन महसुस गर्ने बताएका छन् । त्यस्तै ६९ प्रतिशतले पछिल्लो एक वर्षमा आवश्यकजति भावनात्मक साथ नपाएको उल्लेख गरेका छन् ।
यसै कारण धेरै मानिस कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीसँग आत्मीयता महसुस गर्न थालेका छन् । कतिपयले त भावनात्मक वा प्रेम सम्बन्धजस्तै अनुभवसमेत गर्न थालेको अध्ययनले देखाएको छ ।
पल ब्लुमका अनुसार यस्ता च्याटबट प्रयोगकर्ताको कुरा स्वीकार गर्ने, सहमत हुने र आलोचना नगर्ने ढङ्गले तयार गरिएका हुन्छन्। यही विशेषताले तिनीहरूलाई आकर्षक बनाएको भए पनि दीर्घकालमा वास्तविक सम्बन्धमा असर पर्न सक्ने उनको भनाइ छ ।
उनले निरन्तर आफूसँग असहमति नजनाउने प्रणालीसँग समय बिताउने व्यक्तिलाई वास्तविक जीवनमा हुने मतभेद, सम्झौता र खुला संवाद सम्हाल्न कठिन हुन सक्ने चेतावनी दिएका छन् । हार्भर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता अनात पेरीले पनि अत्यधिक सहमत हुने कृत्रिम बुद्धिमत्ता प्रणालीले मानिसको सहानुभूति, आत्मविश्लेषण गर्ने क्षमता र फरक विचार बुझ्ने बानी कमजोर बनाउन सक्ने चेतावनी दिएकी छन् ।
त्यस्तै, स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययनले पनि कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीहरू मानिसको तुलनामा बहस वा छलफलका क्रममा बढी सहमत हुने देखाएको छ । यसले आलोचना स्वीकार गर्ने र आफ्नै व्यवहार पुनः मूल्याङ्कन गर्ने सामाजिक सीपमा नकारात्मक प्रभाव पार्न सक्ने अध्ययनको निष्कर्ष छ ।
विज्ञहरूको चिन्तापछि कृत्रिम बुद्धिमत्ता विकास गर्ने कम्पनीहरूले पनि आफ्ना प्रणालीमा परिवर्तन गर्न थालेका छन् । प्रयोगकर्तालाई अनावश्यक रूपमा खुसी पार्ने शैली घटाएर बढी सन्तुलित र जिम्मेवार उत्तर दिने गरी सुधार गरिएको जनाइएको छ । पल ब्लुमका अनुसार कृत्रिम बुद्धिमत्ताले भावनात्मक साथ दिन सक्छ, तर वास्तविक मानवीय सम्बन्धको स्थान लिन सक्दैन । उनले दार्शनिक रेबेका गोल्डस्टिनको सिद्धान्त उल्लेख गर्दै कुनै व्यक्तिले तपाईंलाई साँचो अर्थमा महत्व दिनु, तपाईंका लागि समय निकाल्नु र वास्तविक चासो राख्नु नै मानवीय सम्बन्धको सबैभन्दा ठूलो शक्ति भएको बताए । उनका अनुसार कृत्रिम बुद्धिमत्ता अन्ततः एउटा प्रविधि मात्र हो। त्यसमा मानिसजस्तो वास्तविक भावना, माया वा परवाह हुँदैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवा बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले दियो १० करोड रुपैयाँ सहयोग
-
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
-
चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !
-
नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्कियो प्रधानमन्त्रीसहितको टोली
-
भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।