माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी: वकिलदेखि लेखापालसम्मको जागिर पनि जोखिममा
२०८२ फाल्गुण ०४ सोमवार
- स्वास्थ्य क्षेत्रमा पनि माइक्रोसफ्टले ‘मेडिकल सुपर इन्टेलिजेन्स’ प्रणाली विकास गरिरहेको छ, जसले अस्पतालमा कर्मचारी अभाव कम गर्न र बिरामीको लामो प्रतीक्षा समय घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
काठमाण्डौ, ०४ फाल्गुण । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयका रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् ।
उनका अनुसार आगामी १२ देखि १८ महिनाभित्र कम्प्युटरमा आधारित अधिकांश ह्वाइट-कलर रोजगारलाई एआईले विस्थापित गर्ने छन् । सुलेमानले यसको असर केवल सफ्टवेयर इन्जिनियरसम्म सीमित नरहने बताए । उनका अनुसार वकिल, लेखापाल, परियोजना व्यवस्थापक र बजार व्यवस्थापन क्षेत्रमा कार्यरत पेशाकर्मीसमेत प्रभावित हुनेछन् । उनले डेढ वर्षभित्र कम्प्युटरमा गरिने प्रायः सबै काम स्वचालित हुने दाबी गरे ।
आगामी दुई-तीन वर्षमा एआई एजेन्टहरूले ठूला संस्थानहरूको कामकाज अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने उनको भनाइ छ । समयसँगै यी प्रणाली आफैं अद्यावधिक हुँदै स्वतन्त्र निर्णय लिन सक्षम हुने उनले बताए । सुलेमानका अनुसार भविष्यमा एआई मोडेल तयार पार्नु सामान्य ब्लग लेखेझैँ सहज हुनेछ ।
यसैबीच माइक्रोसफ्टले बाह्य प्रविधिमा निर्भरता घटाउँदै आफ्नै शक्तिशाली आधारभूत एआई मोडेल विकास गरिरहेको जनाएको छ । कम्पनीले विश्वस्तरीय तालिम टोली परिचालन गरी विशाल तथ्याङ्क व्यवस्थापनमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा एआई पूर्वाधार निर्माणका लागि करिब १२ दशमलव ७ लाख करोड रुपैयाँ खर्च गर्ने अनुमान सार्वजनिक गरेको छ । यसै वर्ष आफ्नै आन्तरिक मोडेल सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि माइक्रोसफ्टले ‘मेडिकल सुपर इन्टेलिजेन्स’ प्रणाली विकास गरिरहेको छ, जसले अस्पतालमा कर्मचारी अभाव कम गर्न र बिरामीको लामो प्रतीक्षा समय घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
एआईको प्रभावबारे विश्वव्यापी बहस तीव्र भइरहेका बेला यसले रोजगारी खोस्ने कि नयाँ अवसर सिर्जना गर्ने भन्ने प्रश्न अझै खुला र बहसमै रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’