वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न
२०८३ वैशाख ३१ विहिवार
- सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपालमार्फत उक्त काम सम्पन्न गरिएको हो ।
काठमाण्डौ, ३१ वैशाख । सन् २०२६ को वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपालमार्फत उक्त काम सम्पन्न गरिएको हो ।
पर्यटन विभागका अनुसार वैशाख ३० गते बिहान १०: २५ बजे सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कार्य पूरा भएपछि आरोहण मार्ग खुला भएको छ ।
विभागका अनुसार भौगोलिक जटिलता, मौसमी विषमता तथा व्यवस्थापकीय जोखिमका बाबजुद आधारशिविरदेखि चुचुरोसम्मको मार्ग निर्माण तथा खुला गर्ने काम सफलतापूर्वक सम्पन्न गरिएको हो । विभागले यस कार्यमा संलग्न आइसफल डाक्टर तथा पथप्रदर्शकलाई धन्यवाद दिएको छ । मन्त्रालयको मार्गदर्शन र पर्यटन विभागको समन्वयमा काम सम्पन्न भएको जनाइएको छ ।
डोरी टाँग्ने कार्यमा आधारशिविरदेखि क्याम्प–२ सम्म आइसफल डाक्टरहरु आङ सार्की शेर्पा, दावा जाङ्बु शेर्पा, तेन्दु शेर्पा, ङिमा तेन्जी शेर्पा, फुरा छेतेन शेर्पा, दावा छिरिङ शेर्पा, सोनाम ग्याल्जेन शेर्पा र मिङ्मा ग्याल्जेन शेर्पा संलग्न थिए ।
यस्तै क्याम्प–२ देखि चुचुरोसम्म पथप्रदर्शकहरु मिङ्मा दोर्ची शेर्पा, पासाङ तासी शेर्पा, लोप्साङ भुटिया, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जे शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ तेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुर्बु शेर्पा सहभागी रहेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
फ्रान्समा स्काइडाइभिङका यात्रु बोकेको विमान दुर्घटनाग्रस्त, ११ जनाको मृत्यु
-
विश्वकपको नकआउटमा आजराती दक्षिण अफ्रिका र क्यानडा आमने आमने
-
भेनेजुएलामा भूकम्पपछि करिब ६ लाख ८० हजार बालबालिकालाई मानवीय सहायता आवश्यक
-
बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो- विद्या भण्डारी
-
बामपन्थी अब एक हुनैपर्छ- झलनाथ खनाल
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।