पर्यटन प्रवद्र्धनको ढोका होटल व्यवसायी नै हुन् ः मन्त्री पाण्डे
१६ श्रावण, २०८२, शुक्रवार
- मन्त्री पाण्डेले पछिल्लो पुस्ताले व्यवसायिक यात्रामा संयमता र धैर्यता अपनाउनु पर्नेमा जोड दिए ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटल व्यवसायलाई पर्यटन प्रवद्र्धनको मूल आधारको रूपमा अघि सार्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गरेका हुन् ।
‘भौतिक र अभौतिक आतिथ्यता दुबैमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ,’मन्त्री पाण्डेले भने, ‘जति धेरै होटल व्यवसायीले सेवा प्रवाहमा मिहिनेत गर्नुहुन्छ, त्यति नै पर्यटन क्षेत्रले पनि फाइदा लिन्छ ।’
उनले विदेशबाट आउने पर्यटकहरू हिमाल हेर्न आउने भएतापनि नेपालीको मुस्कानमा मोहित भएर फर्कने गरेको उल्लेख गर्दै आतिथ्य संस्कृतिमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘विदेशबाट आउने पर्यटकहरु नेपालको हिमाल हेर्न भनेर आएको हुन् तर नेपालीहरुको मुस्कान हेरेर फर्किउ भन्ने हामी सुन्छौं । त्यसैले एक पटक नेपाल आएको विदेशीले पटक –पटक म नेपाल फर्किन्छु भन्ने सन्देश लिएर जान सक्नुपर्छ । त्यसको मुल विन्दुको ढोकामा होटेल व्यवसायीहरु हुनुहुन्छ ।’
मन्त्री पाण्डेले पछिल्लो पुस्ताले व्यवसायिक यात्रामा संयमता र धैर्यता अपनाउनु पर्नेमा जोड दिए ।
‘अहिले हामी हतारमै पैसा कमाउने, चाँडै करियर बनाउने, सीमाना मिचेर अरबौं कमाउने मनोवृत्तिमा छौं,’ उनले भने, ‘तर शिखर चढ्न तल्लो सिँढीबाटै पाइलो चाल्नुपर्छ । एकै पटक शिखर चुम्ने सोच विफल हुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।