- भारतको महाकुम्भ र साउदीको मक्का मदिनका उदाहरण दिँदै पर्यटन क्षेत्रको विकास प्रभावकारी ढंगले गर्न सके देशको जीडिपीमा ठूलो मदत पुग्ने जनाए ।
जनकपुर: जनकपुरधाममा इन्डो नेपाल टुरिजम सम्मिट २०२५ सम्पन्न भएको छ ।
नेपाल भारतबीच पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ भारतीय दुतावास, वीरगञ्ज र पीएचडीसीसीआई इन्डिया नेपाल सेन्टरको आयोजनामा मंगलबार जनकपुरधाममा उक्त सम्मिट सम्पन्न भएको छ ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले धार्मिक पर्यटन (रिलिजियस टुरिजम)मा प्रचुर सम्भावना रहेकोले नेपाल सरकारले पर्यटकहरुका लागि ठोस नियम कानुन बनाउन आवश्यक रहेको बताए ।
उनले भारतको महाकुम्भ र साउदीको मक्का मदिनका उदाहरण दिँदै पर्यटन क्षेत्रको विकास प्रभावकारी ढंगले गर्न सके देशको जीडिपीमा ठूलो मदत पुग्ने जनाए ।
मुख्यमन्त्री सिंहले विदेशी पर्यटकहरुलाई दिनको १५० देखि २०० डलरसम्म खर्च गर्नुनै पर्ने गरि नियम कानुन सरकारले बनाउनुपर्नेमा जोड दिए । साथै उनले स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुलाई विशेष सुविधा उपलब्ध गराउनुुपर्ने बताए ।
अहिले लाखौं नेपाली महाकुम्भमा स्नान गर्न भारत गएको जानकारी दिँदै भारतबाट पनि पर्यटक र श्रद्धालुलाई जनकपुरधाम आउनुपर्ने भनेर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भारतीय महावाणिज्यदुतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिनाले भारत नेपालबीचको पौराणिक र इतिहासिक सम्बन्ध रहेकोले दुबै देशमा पर्यटनको सम्भावना प्रचुर रहेको बताए ।
उनले भारत र नेपालमा पर्यटनको अपार सम्भावनालाई मध्येनजर गर्दै दुबै देशले मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिए । दुबै देशको इतिहास र संस्कृति महत्वपूर्ण सम्पक्ति रहेको धारणा राख्दै उनले यसलाई अझ मजबुत बनाउन सके दुबै देशबीचको सम्बन्ध थप मजबुत हुनुका साथै आर्थिक रुपमा सबल बन्न सकिने बताए ।
उनले कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पर्यटन विकासका लागि राखेका आफ्ना अनुभव र विचारले सीमा क्षेत्रको पर्यटन विकासका साथै दुबै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा, होटल व्यवसायी संघका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी, साहित्यकार, भाषाविद लगायत पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीसंग आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’