इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-० ले पराजित

२०८३ अषाढ़ २८ आइतवार
सारांश
  • सिरिजको पहिलो खेल बर्षाले रद्ध भएपछि सिरिजका बाँकी चारै खेल इङल्याण्डले जितेको थियो । यसअघि भारत आयरल्याण्डविरुद्धको टी-२० सिरिज पनि २-० ले हारेको थियो ।

काठमाण्डौ, २८ अषाढ़ । इङल्याण्डले भारतविरुद्धको टी-२० सिरिज ४-० ले जितेको छ । गएराती सम्पन्न पाँचौँ तथा अन्तिम टी- २० खेलमा भारतलाई ५६ रनले पराजित गर्दै पाँच खेलको सिरिज ४-० ले आफ्नो पक्षमा पारेको हो ।

 

पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २५७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा भारतले २० ओभरमा आठ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो ।

 

यस हारसँगै भारत लगातार दोस्रो टी-२० सिरिजमा पराजित भएको छ । साथै, आगामी साताको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी-२० वरीयतामा भारतलाई पछि पार्दै इङल्याण्ड शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको छ ।

 

सिरिजको पहिलो खेल बर्षाले रद्ध भएपछि सिरिजका बाँकी चारै खेल इङल्याण्डले जितेको थियो । यसअघि भारत आयरल्याण्डविरुद्धको टी-२० सिरिज पनि २-० ले हारेको थियो ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार