स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
२०८३ अषाढ़ २८ आइतवार
- यसअघि पनि अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई पराजित गरेको थियो भने अन्तिम १६ मा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
काठमाण्डौ, २८ अषाढ़ । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको अधिकांश समय १-१ को बराबरीमा रहेको खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै जित निकालेको हो ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमा नर्वेलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो विश्वकपमा मेस्सीको करिअरको १०औँ गोल अवसर सिर्जना थियो । तर त्यसपछि अर्जेन्टिनाले थप गोल गर्न सकेन। स्विट्जरल्यान्डले लगातार दबाब सिर्जना गर्दै खेलमा फर्कियो र दोस्रो हाफमा डान एनडोयेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
बराबरी गोलपछि स्विट्जरल्यान्डलाई ठूलो धक्का लाग्यो । भिडियो समीक्षा पछि ब्रिल एम्बोलोलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइयो । दोस्रो पहेँलो कार्ड रातो कार्डमा परिणत भएपछि स्विट्जरल्यान्ड बाँकी खेल १० खेलाडीमा सीमित भएको थियो । खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाले लगातार आक्रमण जारी राख्यो । अन्ततः ११२औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३-१ को जित सुनिश्चित गरे । मेसीले गोल गर्न नसके पनि पहिलो गोलका लागि अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।
यो जितसँगै अर्जेन्टिना लगातार कठिन चुनौती पार गर्दै विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसअघि पनि अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई पराजित गरेको थियो भने अन्तिम १६ मा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इरानको अडान, सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन
-
मेडिकल शिक्षा सुधारका लागि सरोकारवालासँग छलफल
-
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता
-
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
-
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।