- जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती अन्तिम १६ का खेलहरुसकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।
काठमाण्डौ, २४ अषाढ़ । जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती अन्तिम १६ का खेलहरुसकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।
अन्तिम १६ बाट पोर्चुगलसहित तिनै आयोजक देश क्यानडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलोम्बिया पनि विश्वकपबाट बाहिरिएका छन् ।
विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङल्याण्ड, अर्जेन्टिना र स्वीजरल्याण्ड पुगेका छन् ।
अब क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोको सामना गर्ने छ भने स्पेनले बेल्जियमको, नर्वेले इङल्याण्डको र स्वीजरल्याण्डले अर्जेन्टिनाको सामना गर्ने छ ।
क्वाटरफाइनलका खेलहरु नेपाली समय अनुसार विहिबार रातिदेखि हुँदैछन् । पहिलो खेलमा फ्रान्स र मोरक्को विहिबार राति १: ४५ बजेदेखि खेल्दैछन् भने दोस्रो खेलमा शुक्रबार राति १२: ४५ बजे स्पेन र बेल्जियम खेल्दैछन् ।
त्यस्तै, तेस्रो खेलमा नर्वे र ईङल्याण्ड शनिबार राति २: ४५ बजेदेखि खेल्दैछन् भने चौथो खेलमा स्वीजरल्याण्ड र अर्जेन्टिना आइतबार बिहान ६: ४५ बजेदेखि खेल्दैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।