विश्वकपमा अर्जेन्टिनाको चमत्कारिक पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा
२०८३ अषाढ़ २४ बुधवार
- यस खेलमा अर्जेन्टिनाले विश्वकप इतिहासकै शानदार पुनारगमन जित हासिल गरेको छ ।
काठमाण्डौ, २४ अषाढ़ । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै जारी फिफा विश्वकपको अन्तिम १६ मा इजिप्टलाई ३- २ ले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
यसअघि अन्तिम १६ को खेलमा केप भर्डेलाई अतिरिक्त समयमा पराजित गर्दै अघि बढेको अर्जेन्टिना इजिप्टविरुद्ध पनि ठूलो दबाबमा परेको थियो । इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काएपछि अर्जेन्टिनाले पुनरागमनको शुरुवात गरेको थियो । त्यसको पाँच मिनेटपछि पहिलो हाफमा पेनाल्टी अवसर गुमाएका लियोनेल मेसीले बराबरी गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याएका थिए । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको क्रसमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाएका थिए ।
यस खेलमा अर्जेन्टिनाले विश्वकप इतिहासकै शानदार पुनारगमन जित हासिल गरेको छ ।
यस जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया वा स्विट्जरल्यान्डसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।