विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
२०८३ अषाढ़ ०४ विहीवार
- विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।
काठमाण्डौ, ०४ अषाढ़ । विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो देशका सर्वाधिक गोलकर्ता बने । त्यसपछि नर्वेका इर्लिङ हालान्डले इराकविरुद्ध दुई गोल गर्दै आफ्नो पहिलो विश्वकप खेललाई सम्झनलायक बनाए ।
यता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्को कीर्तिमान बराबरी गरेका छन् । उनले विश्वकपको अन्तिम चरणमा आफ्नो कुल गोल संख्या जर्मनीका मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुर्याएका छन् । अब दुवै विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता बनेका छन् ।
यी सबै प्रदर्शनपछि क्रिस्टियानो रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित भएको थियो । ४१ वर्षीय रोनाल्डोसँग लगातार छैटौँ फरक विश्वकपमा गोल गर्ने इतिहास रच्ने अवसर थियो । तर उनी त्यसमा सफल हुन सकेनन् ।
डिआर कङ्गोविरुद्ध पोर्चुगल १-१ को बराबरीमा रोकिँदा रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । खेलभर मैदानमा रहे पनि उनले निर्णायक भूमिका खेल्न सकेनन् ।
खेलपछि रोनाल्डोले यो आफुहरुले सोचे जस्तो विश्वकपको शुरुवात नभएको बताउदै अब अर्को खेलमा केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् ।
हाल २२९ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले पोर्चुगलका लागि १४३ गोल गरेका छन् । तर विश्वकपको आफ्नो पहिलो खेलमा भने उनी अपेक्षाअनुसार चम्किन सकेनन् । रोनाल्डोले यसअघि खेलेका ५ विश्वकपमा कुल ८ गोल गरेका छन् ।
पोर्चुगलले अब अर्को खेल जुन २३ मा उज्बेकिस्तानसँग खेल्दैछ भने त्यसपछि जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
-
इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा
-
सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।