विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
२०८३ अषाढ़ ०४ विहीवार
- विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।
काठमाण्डौ, ०४ अषाढ़ । विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो देशका सर्वाधिक गोलकर्ता बने । त्यसपछि नर्वेका इर्लिङ हालान्डले इराकविरुद्ध दुई गोल गर्दै आफ्नो पहिलो विश्वकप खेललाई सम्झनलायक बनाए ।
यता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्को कीर्तिमान बराबरी गरेका छन् । उनले विश्वकपको अन्तिम चरणमा आफ्नो कुल गोल संख्या जर्मनीका मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुर्याएका छन् । अब दुवै विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता बनेका छन् ।
यी सबै प्रदर्शनपछि क्रिस्टियानो रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित भएको थियो । ४१ वर्षीय रोनाल्डोसँग लगातार छैटौँ फरक विश्वकपमा गोल गर्ने इतिहास रच्ने अवसर थियो । तर उनी त्यसमा सफल हुन सकेनन् ।
डिआर कङ्गोविरुद्ध पोर्चुगल १-१ को बराबरीमा रोकिँदा रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । खेलभर मैदानमा रहे पनि उनले निर्णायक भूमिका खेल्न सकेनन् ।
खेलपछि रोनाल्डोले यो आफुहरुले सोचे जस्तो विश्वकपको शुरुवात नभएको बताउदै अब अर्को खेलमा केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् ।
हाल २२९ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले पोर्चुगलका लागि १४३ गोल गरेका छन् । तर विश्वकपको आफ्नो पहिलो खेलमा भने उनी अपेक्षाअनुसार चम्किन सकेनन् । रोनाल्डोले यसअघि खेलेका ५ विश्वकपमा कुल ८ गोल गरेका छन् ।
पोर्चुगलले अब अर्को खेल जुन २३ मा उज्बेकिस्तानसँग खेल्दैछ भने त्यसपछि जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।