- मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरे पनि रक्षापङ्क्तिमा केही कमजोरी देखायो । त्यसका बाबजुद इङ्ग्ल्यान्डले आफ्नो आक्रमण शक्ति प्रयोग गर्दै जित निकाल्न सफल भयो ।
काठमाण्डौ, ०४ अषाढ़ । इङ्ग्ल्यान्डले विश्वकप अभियानको सुरुआत रोमाञ्चक जितसँग गरेको छ । डलासमा भएको खेलमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै समूह एलमा महत्वपूर्ण तीन अङ्क जोडेको हो ।
मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरे पनि रक्षापङ्क्तिमा केही कमजोरी देखायो । त्यसका बाबजुद इङ्ग्ल्यान्डले आफ्नो आक्रमण शक्ति प्रयोग गर्दै जित निकाल्न सफल भयो ।
खेलको १२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । लुका मोड्रिचले नोनी माडुकेमाथि फल गरेपछि इङ्ग्ल्यान्डले पेनाल्टी पाएको थियो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले पहिलो प्रहार रोके पनि गोललाइन छाडेर अघि बढेको भन्दै पुनः पेनाल्टी दिइएको थियो, जसमा केनले गल्ती गरेनन् ।
क्रोएसियाले ३६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । मार्टिन बातुरिनाले शक्तिशाली प्रहार गर्दै गोल गरे । इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बलमा हात लगाए पनि त्यसलाई रोक्न सकेनन् ।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा डेक्लान राइसको कर्नरमा ह्यारी केनले हेडमार्फत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई पुनः अग्रता दिलाए । योसँगै उनले विश्वकपमा १० गोल पुर्याउँदै ग्यारी लाइनकरको कीर्तिमान बराबरी गरेका छन् । साथै, यो इङ्ग्ल्यान्डका लागि उनको ११५ खेलमा ८१औँ गोल पनि बन्यो ।
तर इङ्ग्ल्यान्डको रक्षापङ्क्ति फेरि कमजोर देखियो। पहिलो हाफको अतिरिक्त समयअघि नै इभान पेरिसिचको हेडर पासलाई पेटार मुसाले गोलमा परिणत गर्दै क्रोएसियालाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको केहीबेरमै जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरे । शक्तिशाली दौडपछि उनले सुन्दर फिनिसिङ गर्दै इङ्ग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । खेलको अन्त्यतिर वैकल्पिक खेलाडी मार्कस रासफोर्डले संयमित फिनिसिङमार्फत चौथो गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । यस जितसँगै इङ्ग्ल्यान्डले समूह एलमा सकारात्मक सुरुआत गरेको छ भने पहिलो खेलमा हार बेहोरेर क्रोसिया दबाबमा आएको छ ।
अब इङ्ग्ल्यान्डले अर्को खेल जुन २४ मा घानाविरुद्ध खेल्ने छ भने जुन २८ मा पनामाविरुद्ध खेल्ने छ । त्यस्तै, क्रोसियाले जुन २४ मा पनामासँग र जुन २८ मा घानासँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।