मुम्बईमाथि राजस्थान रोयल्सको शानदार जित

२०८२ चैत्र २५ बुधवार
सारांश
  • राजस्थान रोयल्सले जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

काठमाण्डौ, २५ चैत्र । राजस्थान रोयल्सले जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो ।

 

बर्षाका काराण ११-११ ओभरमा खेलाइएको खेलमा राजस्थानले दिएको १५१ रनको लक्ष्य पछाएको मुम्बईले ११ ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । मुम्बईका लागि नमन धिर र शेरफान रुथरफोर्डले २५-२५ रन बनाएका थिए भने तिलक बर्माले १४ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर रवि विश्नोई, सन्दीप शर्मा र नान्द्रे बर्गरले २-२ विकेट लिएका थिए ।

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ७७ रन बनाए भने वैभव सूर्यवंशीले ३९ रन बनाए । त्यस्तै कप्तान रियान परागले २० रन बनाएका थिए ।

 

यो जितपछि राजस्थान ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने ३ खेलमा २ अंक रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार