- सनराइजर्स हैदराबादका विस्फोटक ओपनर अभिषेक शर्मामाथि अनुशासन उल्लंघनको आरोपमा जरिवाना गरिएको छ ।
काठमाण्डौ, २० चैत्र । सनराइजर्स हैदराबादका विस्फोटक ओपनर अभिषेक शर्मामाथि अनुशासन उल्लंघनको आरोपमा जरिवाना गरिएको छ ।
जारी आइपिएल अन्तर्गतको गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्धको खेलपछि अभिषेकलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ भने उनको खातामा एक डिमेरिट अंक पनि थपिएको छ ।
अभिषेकले खेलका क्रममा आउट भएपछि अपशब्द प्रयोग गर्नुका साथै अम्पायरको निर्णयप्रति असहमति जनाएकाले कारबाही गरिएको हो । उनलाई आचारसंहिताको धारा २.३ अन्तर्गत स्तर- १ को उल्लंघनमा दोषी ठहर गरिएको छ ।अभिषेकले आफूले गरेको गल्ती स्वीकार गर्दै म्याच रेफ्रीको निर्णय मानेकाले यस विषयमा थप सुनुवाई नहुने आइपिएल काउन्सिलले जनाएको छ ।
घटनाको विस्तृत विवरण सार्वजनिक नगरिए पनि फिल्डिङका क्रममा क्याच आउट भएपछि असन्तुष्टि जनाउँदै उनले अपशब्द प्रयोग गरेको बताइएको छ ।
यसअघि राम्रो प्रदर्शन गर्न नसकेका अभिषेकले उक्त खेलमा भने उत्कृष्ट ब्याटिङ गर्दै २१ बलमा चार चौका र चार छक्काको मद्दतमा ४८ रन बनाएका थिए । उनी सनराइजर्सका लागि सयभन्दा बढी छक्का प्रहार गर्ने दोस्रो खेलाडीसमेत बनेका थिएय् ।
सनराइजर्स हैदराबादले उक्त खेल जित्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’