एपीएफ र इस्ट बङ्गाल गोल रहित बराबरीमा, फाइनलमा दुवै शनिबार खेल्ने
२०८२ पुष ०२ बुधवार
- बुधबार दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।
काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लब र भारतको इस्ट बङ्गालबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।
बुधबार दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।
योसँगै इस्ट बङ्गाल शिर्ष स्थानमा रहदै फाइनल पुगेको छ । इस्ट बङ्गालको ४ खेलमा १० अंक भएको छ । त्यस्तै एपीएफ ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ । शिर्ष स्थानमा रहेका इस्ट बङ्गाल र एपीएफबीच शनिबार फाइनल खेल हुने छ ।
त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’