स्मृति मन्धनाले भनिन्- विवाद रद्ध भयो, म अगाडी बढ्न चाहन्छु
२०८२ मङ्सिर २१ आइतवार
- उनले आफ्नो र स्मृतिको सम्बन्धको विषयमा आधारहिन बहस भइरहेको भन्दै यसले आफुलाई दुख पुर्याएको उल्लेख गरेका छन् ।
काठमाडौँ : भारतीय महिला क्रिकेटर स्मृति मन्धनाले पलाश मुच्छलको विवाह सधैका लागि रद्ध भएको बताएकी छन् । आइतबार एक विज्ञप्तिमार्फत स्मृतिले आफुहरुको विवाह रद्ध भएको स्पष्ट गर्दै यस विषयलाई अब बन्द गर्न चाहेको बताएकी हुन् ।
यसैबीच पलाशले पनि आफ्नो सम्बन्धबाट पछाडी हटेको बताउदै अहिले आफ्ना लागि कठिन समय भएको बताएका छन् ।
उनले आफ्नो र स्मृतिको सम्बन्धको विषयमा आधारहिन बहस भइरहेको भन्दै यसले आफुलाई दुख पुर्याएको उल्लेख गरेका छन् ।
यसअघि नोभेम्बर २३ मा हुने भनिएको उनीहरूको विवाह अचानक उनीहरूका परिवारले स्थगित गरेपछि यो विषय निकै चर्चित बनेको थियो । त्यति बेला स्मृतिका बुबा श्रीनिवास मन्धना अचानक विरामी भएर अस्पताल भर्ना गरेपछि विवाह स्थगित गरिएको बताइएको थियो ।
यसैबीच, पलाश मुच्छल र एक महिला बीचको कथित कुराकानीको स्क्रिनसट अनलाइनमा प्रसारित सार्बजनिक भएपछि यो विवाह स्थगित बह्येको दाबी गरिएको थियो । तर स्मृतिले यस विषयमा केहि भनेकी छैनन् ।
विवाह स्थगित भएपछि स्मृतिसहित उनका साथीहरुले विवाह अघि भएका हल्दी सेरोमनीसहितका कार्यक्रमका सबै तस्बीर र भिडियो हटाएपछि अब यो विवाह रद्ध हुने अड्कलबाजी गरिएको थियो ।
सामाजिक सञ्जाल र मिडियामा पलाशले स्मृतिलाई धोका दिएर अर्की महिलासँग लागेका कारण विवाह रोकिएको उल्लेख गरिएको थियो । एक अज्ञात महिलाले पलाशसँगको कुराकानीको स्क्रीनशट सार्बजनिक गरेपछि विषय बढ्दै गयो र विवाह स्थगित भएको दाबी गरिएको छ ।
स्मृतिले भारतीय महिला क्रिकेट टिमलाई हालै पहिलो पटक एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । अर्कोतर्फ पलाश मुचाल बलिवुडका संगीत कम्पोजर हुन् । दुवै २०१९ देखि एक अर्काको प्रेममा परेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।