एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

२०८२ मङ्सिर ०५ शुक्रवार
सारांश
  • आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

काठमाण्डौ, ५ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । 

 

आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

 

जारी एनपीएलमा आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।

 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

 

त्यसैगरी, दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार