अर्जुन तेन्दुलकरले मुम्बई इन्डियन्स छोडे, लखनउबाट आइपिएल खेल्ने
२०८२ कार्तिक २९ शनिवार
- आईपीएल २०२६ को मिनी अक्सन अघि सबै १० फ्रेन्चाइजहरूले आफ्नो खेलाडी रिटेन्सन र रिलिज सूची बुझाउनु पर्नेछ ।
काठमाडौँ : पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई मुम्बई इन्डियन्सबाट रिलिज गरिएको छ ।
आईपीएल २०२६ को मिनी अक्सन अघि सबै १० फ्रेन्चाइजहरूले आफ्नो खेलाडी रिटेन्सन र रिलिज सूची बुझाउनु पर्नेछ । यसको लागि शनिबार अन्तिम दिन हो । यसअघि, मुम्बई इन्डियन्सले अर्जुनलाई लखनऊ सुपर जायन्ट्सलाई बेचेको छ । अर्जुन आगामी आईपीएल सिजनमा लखनऊ सुपर जायन्ट्सको जर्सीमा खेल्ने देखिनेछन् ।
मुम्बई इन्डियन्सले अर्जुनलाई धन्यवाद दिदै लखनऊ सुपर जायन्ट्ससँगको यात्राको अर्को अध्यायको लागि शुभकामना दिएको छ । अर्जुनलाई लखनउले उनको अक्सनको मुल्य ३० लाख प्रति सिजन दिने गरि किनेको छ ।
त्यस्तै लेग स्पिनर मयंक मार्कंडेलाई मुम्बईले कोलकाता नाइट राइडर्सबाट किनेको छ । मार्कंडेले आफ्नो करियर मुम्बई इन्डियन्सबाट सुरु गरे र २०१८, २०१९ र २०२२ मा फ्रान्चाइजीको प्रतिनिधित्व गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’