साहुखल र घिमिरे राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त
२०८२ कार्तिक १६ गते आइतवार
- एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हु
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बाल गोपाल साहुखल र चेतन कुमार घिमिरेलाई नियुक्त गरेको छ ।
एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
यसअघि मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा एन्फाले हरि खड्कालाई नियुक्त गरेको थियो । खड्कासहित प्रशिक्षण टिमले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् ।
फुटबल टिमका मुख्य प्रशिक्षक रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टिमले अब एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’