रिजवानलाई हटाएर अफ्रिदीलाई बनाइयो पाकिस्तानको एकदिवसीय टिमको कप्तान

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • पाकिस्तान क्रिकेट बोर्डले रिजवानलाई हटाएर उनको स्थानमा अनुभवी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय ढाँचाको कप्तान बनाइएको छ । बोर्ड ह्वाइट बल क्रिकेटका प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय छनोट समितिबीच इस्लामाबादमा बैठकपछि यस्तो निर्णय लिएको जनाएको छ ।

काठमाडौँ : मोहम्मद रिजवानलाई पाकिस्तानको एकदिवसीय कप्तानबाट हटाइएको छ । 
 

पाकिस्तान क्रिकेट बोर्डले रिजवानलाई हटाएर उनको स्थानमा अनुभवी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय ढाँचाको कप्तान बनाइएको छ । बोर्ड ह्वाइट बल क्रिकेटका प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय छनोट समितिबीच इस्लामाबादमा बैठकपछि यस्तो निर्णय लिएको जनाएको छ ।
 

शाहीनले नोभेम्बर ४ देखि दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजबाट पाकिस्तानी टोलीको जिम्मेवारी लिनेछन् । शाहीनले यसअघि २०२४ को सुरुमा टी- २० टोलीको कप्तानी गरेका थिए, तर दुई महिनापछि मात्र उनलाई त्यो भूमिकाबाट हटाइएको थियो ।
 

रिजवानलाई अक्टोबर २०२४ मा पाकिस्तानको एकदिवसीय र टी- २० टोलीको कप्तान नियुक्त गरिएको थियो, तर उनको नेतृत्वमा टोलीले राम्रो नतिजा हासिल गर्न सकेन । रिजवानको नेतृत्वमा पाकिस्तानले २० मध्ये नौ एकदिवसीय खेल जित्यो, ११ खेलमा हार बेहोरेको थियो । रिजवानको जित प्रतिशत ४५ प्रतिशत थियो । टी-२० मा उनको कप्तानी अझ असफल रह्यो, रिजवान कप्तान रहेका चारै खेल पाकिस्तानले हारेको थियो  ।
 

टी-२० मा पराजयको सिरिज पछि, सलमान अली आगालाई रिजवानको ठाउँमा टी-२० कप्तान नियुक्त गरिएको थियो, तर त्यतिन्जेलसम्म उनी एकदिवसीय टोलीको कप्तानी गर्दै आएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार