- नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको कतारले १९.५ ओभरमा अलआउट हुदै १४२ रन मात्र बनाएको थियो ।
काठमाडौँ, २८ असोज । नेपालले कतारलाई ५ रनले पराजित गरेको छ । सोमबार राति सम्पन्न आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको कतारले १९.५ ओभरमा अलआउट हुदै १४२ रन मात्र बनाएको थियो ।
कतारका लागि इमाल लियानागेले सर्बाधिक ५६ रन बनाए भने जुबैर अलीले ५२ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने नन्दन यादवले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिएका थिए । त्यसैगरी कुशल भुर्तेलले ६, आसिफ सेखले ११, कुशल मल्लले ८, मोहमद आदीलले २, सन्दीप जोराले १, सोमपाल कामीले १४ र नन्दन यादवले १ रन बनाएका थिए । त्यस्तै कतारका बलर मिर्जा बैग र डेनियल अर्चरले ३-३ विकेट लिएका थिए ।
यो सुपर सिक्समा नेपालको दोस्रो जित हो । नेपालको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा छ । त्यस्तै कतारको भने ३ खेलमा शुन्य अंक रहेको छ ।
नेपालले अब अर्को खेल बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’