साफ यू–२० महिला च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको शानदार जित
२०८२ साउन ३ शनिवार
- शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।
काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ९–० गोलको जित निकालेको छ ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।
नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो ।
नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ । नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’