- वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
मुगु : जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय ९१ जना खेलाडी सहभागी हुने भएका छन् । म्याराथनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
म्याराथनमा देश–विदेशबाट गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
अध्यक्ष शाहीका अनुसार पोल्याण्डका १, अमेरिकाका १, फ्रान्सका १, भारतका–२ जना खेलाडी सहभागी हुनेछन् । सबैभन्दा ठुलो ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुनेछन् ।
त्यस्तै पाँच किमी दौडतर्फ कर्मचारी व्यापारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरि कूल पाँचसय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।
पाँचथर, काठमान्डौ, नुवाकोट, चितवन, बाँके, सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी हुने भएका छन् । चार ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ ।
चेकिङ प्वाईन्ट–खाली पाटन, चौथा, डाव, चुचेमारा बेस क्याम्प, चुचेमारा टप चेकिङ प्वाईन्ट तोकिएको छ ।
साथै दविदत्त गणले स्वयमसेवकको रुपमा सहयोग गर्नेछ । म्याराथनका लागि अनुमानित २८ लाख खर्च लाग्ने देखिन्छ भने म्याराथनबाट बचेको रकमबाट कर्णाली स्पोर्टस क्लबको भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निःशुल्क जग्गा दिएका छन ।
म्याराथनको उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुरो भएपनि बजेट निर्माणको छलफल नजिकिएकाले नआउने भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।