खुला पुरुष भलिबलको उपाधि रामेछापको गोकुलगंगालाई, महिला तर्फ ओखलढुङ्गाको मानेभञ्ज्याङ विजयी

२०८२ बैशाख २ मंगलबार
सारांश
  • चैत २८ गतेबाट सुरु भएको खेल ५ दिनसम्म चलेको थियो । उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा भएको पुरुष तर्फको फाइनलमा खेलमा गोकुलगंगा गाउँपालिका रामेछापले लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुलाई हराउँदै प्रथम भएको छ ।

रामेछाप : उमाकुण्ड गाउँपालिकाको प्रयोजन, ३ नं वडा कार्यालयको सहप्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ३ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको अन्तरपालिका खुला पुरुष तथा महिला भलिबल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । 


चैत २८ गतेबाट सुरु भएको खेल ५ दिनसम्म चलेको थियो । उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा भएको पुरुष तर्फको फाइनलमा खेलमा गोकुलगंगा गाउँपालिका रामेछापले लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुलाई हराउँदै प्रथम भएको छ । 


पुरुष तर्फको विजेता गोकुलगंगा गाउँपालिका रामेछापले उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 


तेस्रो स्थानको लागि भएको लिखु तामाकोशी गाउँपालिका रामेछाप र  खाँडादेवी गाउँपालिका रामेछाप बिच भएको प्रतिस्पर्धामा लिखु तामाकोशी गाउँपालिका रामेछापले खाँडादेवी गाउँपालिका रामेछापलाई हराएको छ । तेस्रो स्थान हासिल गर्ने लिखु तामाकोशी गाउँपालिका रामेछापले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 


महिला तर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा र दोलखाको विगु गाउँपालिका बिच भएको फाइनल खेलमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका विजेता प्रथम भएको छ । प्रतियोगितामा विगु गाउँपालिका दोलखा उपविजेता भएको छ । 


प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुर र रामेछापको उमाकुण्ड गाउँपालिकाबिच भएको तेस्रो स्थानको खेलमा आमचोक गाउँपालिका भोजपुरले जित हासिल  गरेको छ ।   
महिला तर्फको विजेता मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले पनि उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको  छ । उपविजेता विगु गाउँपालिका दोलखाले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने आमचोक गाउँपालिका भोजपुरले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।


प्रतियोगितामा पुरुष तर्फ लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुका विष्णु बस्नेत उत्कृष्ट खेलाडी र रूपेश बस्नेत उत्कृष्ट सेटरमा घोषित भएका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका रामेछापका विवेक कार्की उत्कृष्ट ब्लकर, सुजन खड्का उत्कृष्ट स्पाइकर, आदित्य श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ तीन हजार सहित ट्रफीद्वारा सम्मान गरिएको छ ।


प्रतियोगितामा महिला तर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी चन्द्रकुमारी बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् । विगु गाउँपालिका दोलखाकी सुस्मिता नेपाली उत्कृष्ट स्पाइकर र मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी मनीषा राई उत्कृष्ट सेटर, रेश्मी, राई उत्कृष्ट ब्लकर, प्रमीला आले मगर उत्कृष्ट लिब्रो घोषित भइन । उत्कृष्ट खेलाडीलाई नगद ५ पाँच हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ हजार रुपैँया सहित ट्रफीद्वारा सम्मान गरिएको छ । 


प्रतियोगितामा पुरुष तर्फ ९  टिम र महिला तर्फ ७ टिम गरी १६ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरेका थिए । विजयी खेलाडीलाई वडाध्यक्ष गुणकुमार थापाले पुरस्कार वितरण गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार